
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याज पीडितलाई छलफलका लागि बालुवाटारमा बोलाएका छन् ।
काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग प्रधानमन्त्री प्रचण्डले आज बिहान बालुवाटारमा छलफल गर्न लागेको उनको सिचवालयले जनाएको छ ।
काठमाडौँमा आन्दोलन गरिरहेका पीडितसँग वार्ता गर्न गठित समितिले पनि पीडितहरुसँग वार्ता गरिरहेको छ । पीडितले १० बुँदे माग प्रस्तुत गरेका छन् । ती मागबारे बालुवाटारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफ्ना समस्या समाधानका लागि सरकार खोज्दै महोत्तरीको बर्दिबासबाट ११ दिनको पैदल हिँडेर आएका पीडितहरू माग पूरा नभएसम्म घर नफर्कने अडानमा छन् ।











