Logo
Logo

सीमा सुरक्षा सरकारको दायित्व : प्रवक्ता, भारत भन्छ, ‘सीमा मिचिएको छैन’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २१ कार्तिक । सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सीमा रक्षा गर्नु सरकारको दायित्व भएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
केही दिनअघि भारतले सार्वजनिक गरेको आफ्नो नया“ राजनीति नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेको भन्दै चौतर्फी विरोध भइरहेका बेला प्रवक्ता बास्कोटाले यस्तो बताएका हुन् ।
उनले भने, ‘सार्वभौमसत्तासँग जोडिएका कुरामा हामी स्पष्ट छौ“ । सार्वभौमसत्ता वा सीमा रक्षा गर्ने सरकारको दायित्व, कर्तव्य हो ।’ उनले उक्त विषयलाई गम्भीरतापूर्वक पहल गर्ने र निर्णय गर्ने बताए । उनले भने, ‘यस्ता समस्या अन्यत्र पनि बाँकी छन् । बेलाबेला सिमानामा यस्ता कुराहरू उठ्ने गरेका छन् ।’
मन्त्री बास्कोटाले आफ्नो अधिकार रक्षाको विषयमा सरकारले यसअघि पनि दृष्टिकोण सार्वजनिक गरेको बताए । परराष्ट्र मन्त्रालयले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा त्यो कुरा उल्लेख भएको उनको भनाइ छ ।
‘हाम्रो अधिकारको रक्षा, सुरक्षा गर्ने कुरामा हाम्रो दृष्टिकोण पहिलेदेखि रहिआएको छ’ उनले भने, ‘यसमा सरकारको धारणा परराष्ट्रले बक्तव्य जारी गरिसक्यो ।’
यस्तै, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कालापानी र लिपुलेकका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसको धारणा सार्वजनिक गरेका छन् ।
नेपाली भूमिमाथि भएको कुनैपनि अतिक्रमण कांग्रेसलाई अस्वीकार्य रहेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको तथ्यमा नेपाली कांग्रेस प्रष्ट छ र हाम्रा कुनैपनि भूमिमाथि हुने कुनैपनि ढंगको अतिक्रमण हाम्रा लागि अस्वीकार्य छ’, विज्ञप्तिमा भनिएको छ ।

भारत भन्छ, ‘मिचिएको छैन’
यस्तै, भारत सरकारले हालै जारी गरेको नया“ राजनीति नक्साप्रति नेपालमा तिव्र आलोचना भइरहेका बेला भारतले आफ्नो प्रतिक्रिया दिँदै नेपालको सीमा नमिचेको अभिव्यक्ति दिएको छ । भारत सरकारले सार्वजनिक गरेको नया“ नक्सामा आफूहरुले नेपालस“गको सिमाना हेरफेर नगरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बताए ।
बिहीबार नयाँदिल्लीमा पत्रकार सम्मेलन गर्दै रविश कुमारले यस्तो बताएका हुन् । ‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ । नया“ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि वा हेरफेर गरिएको छैन’, रविस कुमारले भनेका छन् । नेपाल र भारतको सम्बन्धमा मतभेद सिर्जना गर्न निहित स्वार्थ समूहले यो विवाद ल्याएको उनको दाबी छ ।
उनले भनेका छन्, ‘हामी आफ्ना निकट छिमेकीस“ग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहो¥याउ“छौ“ ।’

प्रतिक्रिया दिनुहोस्