Logo
Logo

अब जनतालाई ‘डेलभरी’ दिने राजनीतिमा अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा. स्वर्णिम वाग्लेले अब कुरेर, धैर्य गरेर, जेल नेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दा पनि जनतालाई ‘डेलभरी’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बताएका छन् ।

शनिवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक परिवर्तनका लागि मात्रै नेपालको राजनीति पचास साठी वर्ष त्यसै रुमल्लिएको बताए ।

नेपाल बनाउन ढिलो भएकोले आफू महाअभियानमा होमिएको बताएका छन् । ‘सिधै जनतामा जाने, उनीहरु कस्ता कस्ता उम्मेदवार चाहन्छन् वा पार्टीका सदस्यहरुले नै छान्ने, एक सुकाको पनि त्यहाँ ट्रान्जेक्सन हुनु भएन र सिधै आफ्नो निश्चित समयमा काम गर्नका लागि एक दुई वा तीन अवधि हो एउटा समय सीमा तोकेर काम गरेको आधारमा जनप्रतिनिधि तोकिनुपर्छ’, उनले भने । बेलायतका प्रधानमन्त्री ऋषि सुनकको कामबाट प्रेरणा लिनुपर्ने बताउँदै उनले जनतालाई डेलिभरी गर्ने किसिमको राजनीतिलाई अघि बढाउनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई तनहुँ १ को उम्मेदवार बनाएको उल्लेख गर्दै आफूले पार्टी परिवर्तन गर्नुलाई ‘पोलिटिकल पाराडाइम सिफ्ट’को रुपमा रहेको उनको भनाई थियो ।

नेपालको आर्थिक सामाजिक लक्ष्यहरुलाई स्पष्ट पारेर जनतामा गई विकासको काम अघि बढाउनुपर्ने उनले बताए । अहिलेको जनगणना हेर्दा नेपाल विस्तारै बुढापाकाहरु धेरै हुने समाजमा परिवर्तन हुँदै गएको बताउँदै उनले यसप्रति सजग हुँदै विकासका मोडलहरु बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्