Logo
Logo

मैनाली समाजद्वारा पूर्व न्यायाधीश केसी र गीतकार खरेल पुरस्कृत




काठमाडौं । विगत ३० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्था मैनाली समाज नेपालले समाजका विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ । समाजले स्थापना गरेको पुरस्कारबाट सर्वाेच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी तथा वरिष्ठ गीतकार किरण खरेल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पुरस्कृत भएका छन् । मैनाली समाज नेपालले स्थापना गरिएको ‘खिलमिका लक्ष्मी मैनाली पुरस्कार’ उनीहरुलाई शनिबार प्रदान गरिएको छ ।


कानून तथा न्याय बिधाको पुरस्कार केसीलाई तथा सामाजिक क्षेत्रको पुरस्कार खरेललाई प्रधान गरिएको समाजले जनाएको छ ।
त्यस्तै, नेपाल सरकारका सचिव हरिप्रसाद मैनाली तथा वरिष्ठ पत्रकार डा.रघु मैनाली पनि कार्यक्रममा सम्मानित भएका छन् । कामु प्रधानन्यायाधीश उनीहरुलाई पुरस्कृत गरेका हुन् ।


कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले मैनाली बंशावलीको दोस्रो संस्करणको विमोचन तथा गत वर्षको एसइइमा उत्कृष्ट नम्बर ल्याउने ९ जनालाई काशि मैनाली शिक्षा पुरस्कार प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्