Logo
Logo

माओवादी एकता विथोल्नेहरु माओवादीभित्रै छन् : अध्यक्ष बुढाथोकी



काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशील’ले माओवादी शक्तिबीचको बृहत एकतालाई विथोल्नेहरु माओवादीभित्रै हरेको आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा जवस घोषणा कार्यक्रमा बोल्दै उनले संकटमा एकता र सहजमा वेवास्ता गर्ने प्रवृत्ति घातक भएकोसमेत बताएका छन् ।

देशको युगान्तकारी परिवर्तनको संवाहक माओवादी विभिन्न समुहमा विभाजन हुँदा उसको योगदन र एजेण्डहरु संस्थागत हुन नसेकोले यथासक्य सबै एक ठाउँमा आउन पर्ने धारणा राखे ।

अध्यक्ष सुशीलले सैदान्तिक रटानको ढिपी गर्ने जडसुत्रवादी र माआवादी एकजुटताको विषयलाई सत्तामा पुग्ने भर्याङ बनाउने दक्षिणपन्थी अवसरवादी मुख्य दुई प्रवृत्तिले एकता विथोल्ने फूटवादी आन्तरिक कारण भएको जिकिर गरे ।

‘देश भित्रका प्रतिगामी, प्रतिक्रियावदी संशोधनवादी र बाहिरबाट साम्राज्यवादी विस्तारवादी षड्यन्त्रले माओवादी एकतालाई रोक्न अहिलेसम्म सफल भएका छन्, त्यसलाई परास्त गर्नुपर्छ’ उनले थपे ।

कार्यक्रममा बोल्ने स्थायी समिति सदस्यद्वय दीपक जंगम, कृष्ण खड्का, निमार्ण व्यवसायिक संयोजक मदन ढकाल, पोलिटब्युरो सदस्य सुवास लामाले माओवादीहरु विभाजित भएका कारण सामान्ती राजतन्त्रको नारा लगाउने ज्ञानेन्द्र शाहीहरु हाकाहाकी माओवादीलाई गाली गर्न थालेको बताए ।

सो कार्यक्रममार्फत नेकपा माओवादी समाजवादीले १८ वटा जनवर्गीय संगठनका नेतृत्वहरुको घोषणा गरेको छ ।
पोलिटब्युरो सदस्य रमेश थपलियाले अध्यक्षता गरेको कार्यक्रममा पोलिटब्युरो सदस्य मिना चन्दले स्वागत मन्तवय दिएकी थिइन् भने सञ्चालन अखिल (क्रान्तिकारी)का अध्यक्ष कपिल सिजापतिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्