Logo
Logo

जुवातास खेलिरहेको अवस्थामा गोकर्णेश्वरबाट १२ जना पक्राउ


567
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट जुवातास खेिलरहेको हवस्थामा १२ जनालाई प्रहरलिे पम्राउ गरेको छ ।

पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्