Logo
Logo

उपनिर्वाचनका लागि भोली उम्मेदवारी दर्ता


819
Shares

काठमाडौं । वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।

गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं। १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं। २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । हिजो शनिबार साझ बसेको पार्टीको सचिवमलय बैठकले उपनिर्वाचनका लागि खनाल र न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा २ को लागि भने उम्मेदवार टुंगो लागेको छैन ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन २ मा सभापति रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । हिजो लामिछाने, खरेल र वाग्लेले संयुक्त पत्रकारसम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यस्तै सत्ता गठबन्धनबाट चितवन २ मा कांग्रेसका नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । तनहुँ १ नेपाली कांगेसका नेता गोविन्द भट्टराईलाई उम्मेवार बनाउने निर्णय गरेको छ । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्