Logo
Logo

बारा- २ मा जसपालाई सघाउने कांग्रेसको निर्णय


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले बैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ का लागि उम्मेदवार नाबनाउने निर्णय गरेको छ । कांग्रेसको आज(आइतबार) बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बारा–२ मा जनता समाजवादी पार्टी (जसपाए लाई सघाउने निर्णय गरेको हो।

आगामी वैशाख १० गते हुन गइरहेको निर्वाचनमा बारा–२ मा जसपाका उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उक्त क्षेत्रमा जसपा उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन हुन लगेको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि भोली (सोमबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने बतारी गरेको छ । बारा २ मा रास्वपा बाट पुर्व डिआइजी रमेश खरेलले उम्मेदवारी दिने भएका छन् भने नेकपा एमालले उम्मेदवार टुङ्गो लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्