Logo
Logo

कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल


504
Shares

कर्णाली । कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आइतबार प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गरे ।

सामािजक विकासमन्त्री टेकराज पछाईंले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गरे । प्रदेश सरकार गठनको तीन महिनापछि सभामा पहिलो पटक दुई वटा विधेयक टेबुल गरिएका हुन् ।

प्रदेशसभामा विधेयक टेबुल भएसँगै सभाको अर्को बैठक चैत २२ गते दिउँसो ३ः०० बस्ने सूचना सभामुख गुरुङले गरे ।

प्रतिक्रिया दिनुहोस्