
बारा । नेकपा एमालेले बारा– २ को उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका एमाले प्रदेश सह–इन्चार्ज अच्युत मैनालीले बताए ।
पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए ।
निर्वाचन आयोगले बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्ने तयारी गरेको छ । बारा २ मा रास्वपा बाट रमेश खरेल, सत्ता गठबनधनबाट साझा उम्मेदवार जसपा का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने भएको छ ।











