
काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा विशेषगरी आन्दोलनरत मिजरब्याजी पीडितको मागका सन्दर्भमा आवश्यक निर्णय हुने छ । शनिबार भएको दुई पक्षीय वार्तामा मिटरब्याजी पीडितको माग सम्बोधन गर्न मन्त्रिपरिषद्बाट आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाउने सहमति भएको थियो ।
बैठकमा अन्य समसामयिक विषयमा पनि आवश्यक निर्णय हुने बताइएको छ । यो बैठक नियमित हो ।











