
काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि हाम्रो नेपाली पार्टी (लौरो) ले आफ्ना उम्मेदवार टुंगो लगाएको छ । हाम्रो नेपाली पार्टीका प्रवक्ता रोहन कार्कीले प्रतिनिधिसभा अन्तर्गत रिक्त तीनवटै क्षेत्रमा उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लागेको जानकारी दिए ।
उनका अनुसार चितवन–२ मा शम्भु थापाले टिकट पाएका छन् भने बारा २ मा चन्द्रप्रकाश सुवेदी र तनहुँ १ मा विष्णु पराजुलीले टिकट पाएका छन् ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन–२, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ– १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ रिक्त छ ।











