
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज (सोमबार) बिहान राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए । यसअघि राष्ट्रपति पौडलेका स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले अस्पतालमै पुगेका थिए ।
राष्ट्रपति पौडललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ । उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले दिएको जानकारीअनुसार पौडेलको स्वास्थ्य सुधारोन्मुख छ। राष्ट्रपतिको सिटी स्क्यानलगायत परीक्षणसमेत गरिएको छ ।











