
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन् ।
समितिको बैठक सोमबार दिउँसो २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा बस्ने अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
समितिमा गृहमन्त्री, गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ ।
त्यसैले अर्थ मन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी क्षेष्ठलाई फोन गरेर बैठकमा सहभागी हुन आग्रह गरेको महतको सचिवालयले जनाएको छ ।











