Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रलाई सडकमा पैदल हिँड्न रोक


7.7k
Shares

विराटनगर । जिल्ला प्रशासन कार्यलयले ‘श्री ५ महाराजधिराज’ लेखिएको व्यानर हटाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रमका आयाेजकले टाँगेको ब्यानर स्थानीय प्रशासनको अनुरोधमा जिल्ला प्रशासनले हटाएको हो ।

पूर्वराजा शाहलाई आज सोमबार ‘नागरिक अभिनन्दन’ गर्न आयोजकले व्यापक तयारी गरेको छ । तर, अभिनन्दन कार्यक्रमका लागि जिप्रकाले लिखित अनुमति आयोजकलाई दिएको छैन ।

कार्यक्रमका लागि आइतबार साँझ आयोजक र स्थानीय प्रशासनबीच छलफल भएको भएपनि ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाइएको बताइएको छ । स्थानीय सरकारको आग्रहमा आफूहरु व्यानर हटाउन सहमत भएको राप्रपाका नेता रामु पोखरेलले बताएका छन् ।

कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयलाई लिएर पहिचान पक्षधरको आन्दोलन भइरहेकाले पूर्वराजा तारोमा पर्न सक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच तीव्र बनाएको छ ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण रोक लगाएको छ । सुरक्षाकर्मीले सडकमा सुरक्षा दिन नसक्ने बताएपछि पूर्वराजा शाह सिधै कार्यक्रम स्थलमा लैजाने तयारी गरिएको राप्रपाका नेता रामकुमार सुब्बाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्