Logo
Logo

मिटरब्याजको आरोपमा जनमतका नेता पक्राउ


4.5k
Shares

सप्तरी । मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो। सप्तरीका डीएसपी नरेशकुमार सिंहले सुरेन्द्र मधेशी पक्राउ परेको पुष्टि गरे। मधेशी सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सदस्य हुन् ।

मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर काठमाडौंमा न्याय माग्न संघर्ष चलिरहेको बेला सप्तरीबाट मधेशीलाई पक्राउ गरिएको हो। गत शनिबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा मिटरब्याज पीडितहरूले ५ बुँदे सहमति गरेका थिए ।

पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्