Logo
Logo

बैशाख १० मा चितवन-२ को परिणाम बदलिन्छ : विश्वप्रकाश शर्मा


378
Shares

चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते चितवन २ को परिणाम बदलिने बताएका छन् ।
सोमबार चितवन २ मा पार्टीका तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ताअघि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले वैशाख १० गते हुने उपनिर्वाचनमा परिणाम बदलिने बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘यो चोटी वैशाख १० गते परिणाम बदलिन्छ किनभने हामी १८ हजारभन्दा बढी मानिसले उता पर्मा लाएका थियौं । हामी फिर्ता भएर आइसक्दैगर्दा परिणाम रुख चिह्न र गठबन्धनको पक्षमा आउँछ ।’

प्रतिक्रिया दिनुहोस्