Logo
Logo

धरानका मेयर उपमेयर संघीय राजधानीमा


1.1k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर संघीय राजधानी काठमाडौं आईपुगेका छन् । विराटनगर विमानस्थलबाट हवाईमार्ग हुदै मेयर र उपमेयर राजधानी आएका हुन् ।

उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि सागै आएका छन् । आगामी आर्थिक बर्षको बजेटमा धरानको प्राथमिकतामा रहेको खानेपानीको लागी बजेटसँगै अन्य विभिन्न योजनाहरु लिएर टोली संघीय राजनधानी आएका हुन् ।

कोशीको प्रोजेक्टलाई मुख्य प्राथमिकता दिइएको र फोहोरमैला व्यवस्थापनको लागी ल्याण्डफिल साइटको पनि बजेट माग गर्ने साम्पाङको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्