Logo
Logo

मिटरब्याजीबाट पीडित अर्को टोली काठमाडौंमा


504
Shares

काठमाडौं । मिटरब्याजीबाट पीडित भएको भन्दै अर्को टोली काठमाडौं आएको छ । देशका बिभिन्न स्थानबाट काठमाडौं आएका उनीहरुले मिटर व्याज तथा ठगी विरुद्ध किसान-मजदुर संघर्ष समितिको व्यानरका साथ प्रदर्शन सहित काठमाडौंको भद्रकालीमा धर्ना समेत दिएका छन् ।

हलोसहित प्रदर्शनमा सहभागी भएका उनीहरुले फर्जी तमसुक खारेज गर, किसानको भूमि फिर्ता गर, फर्जी तमसुकका आधारमा भूमि लिलामी बन्द गर, सवै सुदखोरको सम्पती छानविन गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले आफ्ना माग पुरा नभएसम्म काठमाडौंको शान्तिबाटिकामा बसेर सरकारको ध्यानाकर्षण गराउने जनाएका छन् । यसअघि मिटरब्याजी पीडितहरुको एक टोली बर्दिवासबाट पैदलै हिडेर काठमाडौ आएका थिए भने सरकारसंग सहमति भएपछि उनीहरु आइतबार फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्