काठमाडौैं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न बहानामा सामाजिक संरचना भत्काउने प्रयत्न भइरहेको टिप्पणी गरेका छन् ।

सुनसरीको इनरुवामा शाहलाई अभिनन्दन गर्न आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिई लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका हुन् ।
पूर्वराजा शाहले वर्तमान गणतन्त्रात्मक व्यवस्थालाई टालटुलले प्रणालीको संज्ञा दिएका छन् । र, यस्तो प्रणालीले खँदिलो परिणाम दिन नसक्ने समेत बताएका छन् । उनले भने– ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले खँदिलो परिणाम दिँदैन ।’
पूर्वराजा शाहले राष्ट्रियता र राष्ट्र एकताको रक्षा गर्दै सुशासनको माध्यमबाट चौतर्फी विकासको बाटोमा लाग्नुपर्ने समेत बताएका छन् ।











