Logo
Logo

प्रधानमन्त्रीको सय दिन, ३७ काम (सूचीसहित)


3.9k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेको सय दिन पुगेको छ । गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डको आज (सोमबार) एक सय पूरा भएको हो ।

आफूले सरकार नेतृत्व गरेको एक सय दिन पूरा भएपछि प्रधानमन्त्री प्रचण्डले ३७ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रचण्ड सरकारको नेतृत्वमा आएपछि मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, जनसेवा र जनसरोकारका मुद्दाहरूको सम्बोधन, सामाजिक न्यायको प्रबर्द्धन तथा राष्ट्रिय हितको अभिवृद्धि गर्ने उद्देश्यले आफ्ना कामकाजहरू अगाडि बढाइरहेको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

आर्थिक तथा पूर्वाधार राज्य चुहावट नियन्त्रण र सङ्कलनमा वृद्धि, चालू खर्च कटौती, आर्थिक पुनर्संरचनाका लागि आवश्यक संरचनागत सुधार, उद्यमशीलता विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनाको लागि मेक इन नेपालको अवधारणा, ठूला आयोजनाहरूको नतिजामूलक सूचक तयार, सुकुम्बासी समस्या समाधानको दीर्घकाली कार्ययोजना लगायत प्रधानमन्त्री प्रचण्डले आफ्ना मुख्य काममा समेटेका छन् ।

त्यस्तै बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न पहल भएका छन् । राजस्व परिचालनमा प्रभावकारिता ल्याउन आवश्यक पहल, आत्मनिर्भर अर्थतन्त्रको लागि वित्तीय मौद्रिक तथा अन्य विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरू ल्याएका छन् । 
राहदानी, राष्ट्रिय परिचय पत्र र सवारी चालक अनुमति पत्र, नो अब्जेक्सन लेटर लगायतका सेवाहरू छिटो छरितो गरी सहजताकासथ सेवा प्रवाह हुने व्यवस्था मिलाइएको छ ।

विभिन्न निकायहरूको कार्यसम्पादन सम्बन्धनमा जनतामा रहेको गुनासो र पिरमर्काको उचित सम्बोधन लागि हेलो सरकारलाई थप प्रभावकारी बनाइएको छ । शान्ति प्रक्रियाको कामलाई सङ्क्रमणकालीन न्यायलाई चाँडै टुंग्याउने काम गरिरहेको छ । 
मिटरब्याजी पीडितको समस्याको समाधानका लागि विशेष पहल थालेका छन् । त्यस्तै निजामती प्रशासन, सुरक्षा निकाय लगायत सार्वजनिक प्रशासनलाई कम खर्चिलो, चुस्त, जवाफदेही र सक्षम बनाउन आयोग गठन गर्ने तयारी गरेका छन् । 

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गरिएको छ । विकास योजनाको सञ्चालन तथा व्यवस्थापनलाई द्रुत गति दिन विकाससम्बन्धी छुट्टै ऐन बनाउन विधेयक तयार पारिएको छ । 

त्यसैगरी औद्योगिक विकासका लागि नीतिगत सुधारको प्रयास थालिएको छ । त्यस्तै नेपालको व्यापार एकीकृत रणनीति स्वीकृत प्रक्रियामा रहेको छ । व्यवसायिक वातावरण निर्माण र उर्जा खपत सम्बन्धी कार्ययोजना निर्माण स्वीकृतको चरणमा रहेको छ ।

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा हुनेहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षाको कोषमा समेटिएको छ । वैदेशिक रोजगारीमा गएर अलपत्र परेको एक सय जना भन्दा बढीको उद्धार गरिएको छ ।

त्यस्तै ऊर्जा र सिँचाइ क्षेत्रको विकासलाई प्राथमिकतासाथ अघि बढाइएको छ । कृषि क्षेत्रको विकासका लागि नीतिगत व्यवस्थाहरू गरिएको छ । सरकारी कामलाई सूचना प्रविधिमैत्री बनाउन विभिन्न कार्यहरू अघि बढाइएको छ । खेलकुद क्षेत्रमा विकासका लागि विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ । 

कामको सूची

प्रतिक्रिया दिनुहोस्