
काठमाडौं । अमेरिकाले भारतमा निर्माण भएको एक आइड्रपमाथि प्रतिबन्ध लगाएको छ ।
भारतको ग्लोबल फर्मा हेल्थकेयर प्राइभेट लिमिटेडले उत्पादन गरेको उक्त आइड्रप प्रयोग गरेका एक जनाको मृत्यु भएपछि अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले सूचना जारी गर्दै प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
अमेरिकामा उक्त आईड्रप प्रयोग गरेका कारण ५५ जनामा संक्रमण, अन्धोपन र अन्य समस्या देखिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
उक्त कम्पनीले उत्पादन मापदण्ड समेत उल्लंघन गरेको बताइएको छ । चेन्नइस्थित उक्त कम्पनीले बुधबार अमेरिकामा रहेको सबै स्टक फिर्ता मागेको छ । भारत सरकारले उक्त कम्पनीमा एउटा टिम पठाएको छ ।











