
काठमाडौं । परराष्ट्रसचिव भरतराज पौडेल बेइजिङ जाने भएका छन् । शुक्रबार चीनको राजधानी बेइजिङमा हुने नेपाल–चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा सहभागी हुन परराष्ट्रसचिव पौडेल बेइजिङ जान लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालका परराष्ट्र सचिव बेइजिङ प्रस्थान गर्न लागेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ। उक्त बैठकमा चीनको तर्फबाट चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले चिनियाँ प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्नेछन्।











