
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
लक्ष्मी ग्रुपका निर्देशक श्रेष्ठले आज बिहान महासंघको कार्यालय पुगेर आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन्।
वरिष्ठ उपाध्यक्ष पदमा यसअघि चैत १९ गते रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका थिए । महासङ्घको वरिष्ठ उपाध्यक्षको पदमा ३ जनाले उम्मेदवारी दिने घोषण गरेका थिए । यसमध्ये अब उमेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउन बाँकी छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज बिहान ११ बजेसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महासंघको निर्वाचनका लागि आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ ।
महासङ्घको निर्वाचन चैत २८ र २९ गते काठमाडौंमा हुँदैछ ।











