Logo
Logo

टिम फेरेर एक्सनमा उत्रदै प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ कात्तिक
आफ्नो सल्लाहकार टिमकै कारण सोचाईअनुसार काम गर्न नसेकको निष्कर्षमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन् । सल्लाहकार तथा केही मन्त्रीहरु हेरफेर गरेर सरकारलाई गति दिने उनको तयारी छ ।


ओलीले आफ्ना सबै सल्लाहकारहरुलाई राजिनामा दिन निर्देशन दिएका छन् । मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र सूचना प्रविधि विज्ञ अलि असगरलाई उनले हटाउन लागेका हुन् ।
उनले शुक्रबार नै उनीहरुलाई राजिनामा दिन निर्देशन दिएका छन् । स्वकिय सचिव राजेश बज्राचार्यलाई भने यस्तो निर्देशन दिइएको छ । सल्लाहकारको टिम आफ्नो ‘स्प्रीट’ अनुसारको नभएको निष्कर्ष निकालेर अ‍ोलीले उनीहरुलाई हटाउन लागेको स्रोत बताउँछ । ओलीले बिज्ञसहितको टिमबाट सरकारलाई गती दिन लागेका हुन् ।
प्रधानमन्त्री ओलीलाई नै गलत ब्रिफिङ गरेको खुलेपछि उनीहरुलाई हटाउन लागिएको स्रोत बताउँछ । केही मन्त्रीहरुलाई समेत हटाएर प्रधानमन्त्री ओलीले जुझाव टिम बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीको यो कदमको सामाजिक सञ्जालमा प्रशंसा भएको छ । प्रधानमन्त्री ओलीले साँच्चिकै देशका लागि केही गर्न लागेको यो कदमबाट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्