Logo
Logo

सौराहामा अज्ञात समुहले काँटे हात्तीको सूँड


1.6k
Shares

चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो ।

सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको खतिवडाले बताए । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ ।

घाईते हात्तीको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिक किरन रिजालको टिमले अहिले उपचार सुरु गरेको छ । हात्तीलाई मार्ने उद्देश्यले हात्तीको सुँड काटिएको हुन सक्ने अनुमान गरिएको छ । घटना बारेमा चितवन निकुञ्जले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्