Logo
Logo

बाँकी सबै क्याम्पसमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग


630
Shares

काठमाडौं । सत्तारूढ दलका तीन विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्याअन्तर्गत बाँकी क्याम्पसहरूमा एउटै मितिमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका सम्पूर्ण आंगिक तथा सम्बन्धनप्राप्त बाँकी क्याम्पसहरुमा एउटै मितिमा निर्वाचन गर्न माग गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसहरुमा चैत्र ५ गते स्ववियु चुनाव घोषणा गरुेको थियो । तर, अवैधानिक विद्यार्थी भर्ना, क्याम्पस प्रशासनको चरम लापरबाही लगायतका कारण केहि क्याम्पसहरुमा चुनाव हुन सकेको थिए ।

विश्वविद्यालयमा चलिरहेको परीक्षालाई मध्यनजर गर्दै मनोनयन हुन बाँकी रहेका सम्पूर्ण आगिंक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा एउटै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी तत्काल निर्वाचन कार्य तालिका सार्वजनिक गर्न उनीहरुले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्