Logo
Logo

आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिन आवश्यक : प्रधानमन्त्री


504
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो बताएका हुन् । साथै उनले कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने समेत बताए ।

उनले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ , त्यसैले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनु जरुरी छ,’ उनले भने । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उनको भनाई थियो ।

साथै उनले आफुले चुनौतीपूर्ण रुपमा सरकार सञ्चालनको अवसर पाएको भन्दै जनतामा आशा जगाउन आफ्नो कार्यकालमा अधिकतम काम गर्ने बताए ।

उनले भने, ‘अहिले सरकारले करिब–करिब पूर्णता पाएको छ । आज भोलि शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी ।’

प्रतिक्रिया दिनुहोस्