Logo
Logo

ऋणीको घरमा एनआईसी बैंकको सुरक्षा गार्ड


12.3k
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले समयमा व्याज नबुझाउने ऋणीको घरमा सुरक्षा गार्ड राख्न थालेको छ । बैंकले धितो लिलामीको प्रक्रियामा गएका ऋणी इटहरीका विक्रम तिम्सिनाको घरमा सुरक्षा गार्ड राखेको हो ।

विक्रमले सामाजिक सञ्जालमार्फत बैंकबाट लिएको ऋणको सावाँ–व्याज तिर्न नसकेपछि बैंकले आफ्नो घरको गेटमा सुरक्षा गार्ड तैनाथ गरेको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘धितो राखेको घर जग्गाको लिलामीका लागि बैंकले सूचना जारी गरेको छ । सार्वजनिक सूचनासँगै घरको गेटमा सेक्युरिटी गार्ड पनि उभिएका छन् । मेरो घर अगाडि उभिएको ड्युटी जवान नेपाल प्रहरी नभएर एनआईसी एशिया बैंकले सेक्युरिटी गार्ड रहेको जानकारी गराउँछु ।’

उनले समयमा किस्ता बुझाउन नसक्दा बैंकले आफ्नो काम गरेको र यसमा कुनै गुनासो नरहेको समेत बताएका छन् । साथै उनले समयमा किस्ता बुझाउन प्रयासरत रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्