Logo
Logo

ब्रिटिस राजदूतावासको सुरक्षामा खटिएका नेपालीलाई डिपोर्ट गर्दै बेलायत


819
Shares

काठमाडौं । अफगानिस्तानमा ज्यानको बाजी लगाएर ११ वर्ष ब्रिटिस राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले देश निकाला गर्ने भएको छ ।

काबुलस्थित बेलायती राजदूतावासमा खटिएका नेपाली बमबहादुर गुरुङलाई नियन्त्रणमा लिएर बेलायतले डिपोर्ट गर्न लागेको हो । गत मार्च २७ मा गुरुङलाई त्यहाँको गृह मन्त्रालयको एउटा टिमले नियन्त्रणमा लिएको थियो ।

तालिबानले काबुल कब्जामा लिएसँगै अगस्ट २०२१ मा ११ नेपाली र २ भारतीय सुरक्षा गार्डलाई बेलायतले उद्धार गरी लन्डन पुर्‍याएको थियो । तीमध्ये केहीलाई अनिश्चितकालीन बिदा दिइएको छ भने केहीले सरकारको निर्णय पर्खिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्