Logo
Logo

उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् : पूर्ण बस्नेत


1.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुने दावी गरेका छन् । उपनिर्वाचनबारे बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दावी गरेका हुन् ।

उनले भने, ‘उपेन्द्र यादवले संघीयता र समानुपातिक समावेशीताको मुद्दालाई स्थापित गराए । यिनले मुलुकको परिवर्तनका खातिर जेल जीवन व्यतित गरेका छन् । राजनीतिक मुद्दा खेपेका छन् । यिनी जनताको खातीर आफूलाई समर्पित गरेका एक अथक योद्धा हुन् ।’

उपेन्द्र यादव परिवर्तन, जनताको सुख, समृद्धि र मुलुकको हितका लागि चिन्तन गरिरहने एक राजनीतिक चिन्तक रहेको बताउँदै उनले भने, ‘मधेस र पहाडलाई भावनात्मक रुपमा जोड्ने काममा उनको महत्वपूर्ण योगदान छ ।’

उनले थपे, ‘उपेन्द्र यादवले कहिल्यै गुनासो गर्दैनन् । हारदेखि भाग्ने र जितमा मात्तिने यिनको स्वभाव छैन । यिनको एउटै उद्देश्य छ, उत्पीडित समुदाय र श्रमजीवी वर्गको मुक्ति । नेपालको राजनीतिलाई उपेन्द्र यादव चाहिन्छ । जनताको साथ, सहयोगले उपनिर्वाचनमा उपेन्द्र यादव सहजै निर्वाचित हुन्छन् ।’

जसपा अध्यक्ष यादव आगामी १० बैशाखमा हुन गइरहेको उपनिर्वाचनमा बारा–२ बाट चुनाव लड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्