Logo
Logo

एउटै परीक्षा केन्द्रबाट एसईईका ५२ नक्कली परीक्षार्थी पक्राउ


756
Shares

काठमाडौं । मोरङको एक परीक्षा केन्द्रबाट एसईईको परीक्षा दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

ग्रामथान गाउँपालिका २ झोराहाटस्थित श्री सरस्वती नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। सरस्वती नमुनामा ८ वटा विद्यालयको सेन्टर छ ।

पक्राउ परेका विद्यार्थी विराटनगर महानगरपालिका १९ स्थित युनि बोर्डिङ स्कुल र सार्वजनिक माविका रहेको प्रधानध्यापक अकोश लुइँटेलले जानकारी दिए ।

विद्यालयमा २ सय ९१ जना विद्यार्थीले परीक्षा दिइरहेका छन् । सरस्वती स्कुलमा ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्