Logo
Logo

प्रतितोला ८ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


819
Shares

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पहेँलो धातु सुनको मूल्य घटेको छ । बुधबार एकैदिन २ हजार रुपैयाँले बढेर एतिहासिक रेकर्ड राखेको सुन बिहीबार भने तोलामा ८ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ६५० सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बुधबार छापावाल सुन अहिलेसम्मकै उच्च १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

त्यस्तै बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्