Logo
Logo

अध्यक्ष नेपाल भन्छन्- बारा २ मा उपेन्द्र यादवको जित सुनिश्चित


756
Shares

बारा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपा अध्यक्ष उपेन्द्र यादवका लागि मत मागेका छन् । यही बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ बाट यादव चुनाव लड्दैछन् ।

अध्यक्ष नेपालले यादवका लागि बुधबार बारा पुगेर मत मागेका छन् । सोक्रममा अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिको केन्द्रमा यादवको आवश्यकता अपरिहार्य रहेको बताए ।

अध्यक्ष नेपालले बारा–२ मा यादवको जित सुनिश्चित रहेको समेत बताए । उनले भने, ‘सिँगो देश र संसदलाई उपेन्द्र यादवको खाँचो छ, त्यसैले राष्ट्रले खोजेको नेता उपेन्द्र यादवलाई अत्याधिक मत दिएर विजयी गराउन नेकपा एकीकृत समाजवादीको पार्टी पंक्ति एवं सिंगो बाराबासीलाई आग्रह गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा मधेश जनविद्रोहको उच्च स्थान रहेको भन्दै अध्यक्ष नेपालले मधेश विद्रोह, पहिचान, समावेशी र संघीयता जस्ता महत्वपूर्ण परिवर्तनका एजेन्डालाई संस्थागत गर्न देश र प्रदेशको समयानुकूल विकास गर्न यादवको संसदमा उपस्थिति अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्