Logo
Logo

बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षीक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि बार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने उनको प्रस्ताव छ ।

‘बार्षिक बजेट क्यालेन्डर बनाइ प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरुप सम्बन्त्रिधत निकायको कार्यसम्पादन मुल्याङ्कन गरेर बजेट व्यवस्थावनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु’ सांसद सापकोटाले भने ।

चालु आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहँदा २५।८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखा परिक्षकको कार्यालयको तथ्याङ्क रहेको उल्लेख गर्दै उनले औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्