काठमाडौं । यही आउने वैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि शुक्रबारदेखि आचारसंहिता लागु हुने भएको छ ।
बिहीबार निर्वाचनका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्तिजारी गर्दै शुक्रबारदेखि आचारसंहिता लागु हुने जानकारी दिएका हुन् ।
आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा प्रतिनिधिसमा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।













