Logo
Logo

ओलीले भने- यिनीहरुले सभामुखलाई महाभियोग लगाउन बेर लाउँदैनन्


693
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन सक्ने बताएका छन् ।

एमालेनिकट पेसागत महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन र सरकारको लाज शरम केही नभएकाले जे पनि गर्न सक्ने आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘यिनीहरू (सत्ता गठबन्धन)ले राष्ट्रपतिज्यूलाई त महाभियोग लगाउन धेरैपल्ट खोजेका थिए । तर, पार लागेन । यिनीले अहिलेका सभामुखलाई पनि कुन दिन महाभियोग लगाउन बेर लाउँदैनन् ।’

बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै गर्न सक्ने ओलीको भनाइ छ । अध्यक्ष ओलीले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए ।

अहिलेकै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको ओलीले बताए । उनले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर ६ महिनासम्म दराजमा थन्क्याएर राखेको आरोप लगाए । ओलीले भने, ‘यिनीहरूले के गर्न हुन्छ, के हुँदैन भन्ने कुनै सीमा छैन । त्यसैले कतिखेर के गर्छन्, त्यो थाहै ह्न्न ।’

प्रतिक्रिया दिनुहोस्