Logo
Logo

ठगी मुद्दा दायर भएपछि राज्यमन्त्री रावलले दिए राजिनामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ कात्तिक ।

करिब १६ करोड कीर्ते अभियोग लागेका नेकपाका मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन् । उनी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री थिए ।


आइतबार प्रदेश मुख्यमन्त्रीलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन्। उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाइ बुझाएका हुन् । विद्यालयको जग्गा कीर्तेमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी कानुनी रुपमा फरार भएका थिए ।
कीर्ते मुद्दा दायर भएपछि पार्टी र प्रदेशसभामा उनलाई पक्राउ गर्न दबाब सिर्जना भएको थियो। रावलसहित ३६ जनाविरुद्ध झन्डै पौने १६ करोड रुपैयाँ ठगी तथा कागज कीर्ते गरेको भन्दै मुद्दा दायर भएको थियो।

कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको १५ करोड ६७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेचमा ठगी र कागज कीर्ते गरेको भन्दै उनीहरु विरुद्ध गत साउनमा कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । उनीमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्