Logo
Logo

भूपरिवेस्ठित देशको अधिकार सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने


504
Shares

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय कानून एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने भएको छ ।
सरकारले बिहीबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानून एवं पारस्परिक हित र लाभका आधारमा परराष्ट्र नीति सञ्चालन गरिनेछ ।’

यस्तै, ठूला र साना देशहरूबिच सार्वभौम समानता तथा एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्ने र भूपरिवेस्ठित देशको अधिकारको सुनिश्चितताका लागि आवश्यक कार्य गर्ने साझा कार्यक्रममा उल्लेख छ ।

यस्तै, दिगो शान्ति, आर्थिक रूपान्तरण र जनताको समृद्धिका लागि छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रहरूसँगको मैत्रिपुर्ण सम्बन्धलाई सुदृढ बनाउने र आपसी सहयोगका क्षेत्रहरू विस्तार गरी सहकार्य र अन्तरआवद्धतालाई बढावा दिने पनि साझा कार्यक्रममा उल्लेख छ ।

यस्तै, साझा कार्यक्रममा भनिएको छ, ‘देशको द्रुततर आर्थिक विकासका लागि वैदेशिक लगानी प्रवद्र्धन गर्न, अन्तराष्ट्रिय श्रम बजारमा पहुँच पु¥याउन, नेपाली वस्तुको बजारीकरण गर्न तथा नेपाललाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न आर्थिक कुटनीतिलाई अगाडी बढाउने ।’

यस्तै, परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने, उक्त नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारले प्रत्येक मन्त्रालयबाट ठोस कार्ययोजना बनाई कार्यान्वयन प्रक्रिया अघि बढाउने र सोको अनुगमन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्ने सरकारको साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्