Logo
Logo

अर्थतन्त्र सबल बनाउन मौलिक उत्पादनमा जोड दिनुपर्छ : कृषिमन्त्री


756
Shares

भक्तपुर । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवद्र्धधन गर्न जरुरी रहेको बताएका छन् । बिहीबारबाट भक्तपुरमा सुरु भएको औद्योगिक, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् ।

अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने उनले बताए । मन्त्री भुसालले भक्तपुर जिल्ला कृषि उत्पादन गर्ने जिल्लामा प्रमुख रहेको भन्दै मेला महोत्सवमा पनि कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘हामीले कृषि उत्पादनलाई प्रवद्र्धन गर्न जरुरी छ । अर्थतन्त्र सबल बनाउन र हाम्रो जीवनलाई स्वस्थ बनाउन पनि हाम्रा आफ्नै खेतबारीमा उत्पादन हुने मौलिक उत्पादनहरुमा जोड दिनुपर्छ’ उनले भने, ‘कृषि सामग्रीहरु किन नराख्ने यस्ता महोत्सवमा । भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गर्नुपर्छ ।’

मन्त्री भुसालले भक्तपुरले यस्ता महोत्सवहरुमा आफ्ना मौलिक कृषि उत्पानलाई प्रश्तुत गरेर मात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने बताए । मन्त्री भुसालले महोत्सवको समेत अवलोकन गरेका थिए ।

महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्