Logo
Logo

निर्माणका क्षेत्रलाई गतिशीलतला दिन परिसंघको आग्रह


315
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा गतिशीलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउनुपर्ने जनाएको छ ।
बिहीबार परिसंघका पदाधिकारीले नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग भेटी भौतिक निर्माणका क्षेत्रलाई गतिशीलतला दिन आग्रह गरेको हो ।

परिसंघका कार्यवाहक अध्यक्ष राजकुमार अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पुँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइ लगायतका विषयमा मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका छन् । उनले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा कार्यवाहक अध्यक्ष अग्रवालले निर्माण क्षेत्रलाई चलायमान बनाउन सकिएमात्र अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने बताएका थिए । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गराउन आग्रह गदै उनले त्यसले बजारमा तरलता बढाउन सहयोग पु¥याउनुपर्ने बताए ।

परिसंघसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको सन्दर्भमा आफु त्यसको सुधारमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्