Logo
Logo

एमालेमै फर्किए मुकुन्द न्यौपाने


4.5k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपाने एमालेमै फर्किएका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै एकीकृत समाजवादी त्यागेका उनले अब एमालेमै फर्किने बताएका हुन् ।

एकीकृत समाजवादीले परिचय दिएपनि पहिचान दिन नसकेको र पार्टी अवसरवादमा लिप्त भएको उनको आरोप छ । सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति भरेपनि नभरिने मानिसहरूमात्रै माधवकुमार नेपाल नेतृत्वको पार्टीमा रहेको उनले आरोप लगाएका छन् ।

उनले आफू देशभरका नेता कार्यकर्तालाई समेटेर एमालेमा समाहित हुने तयारी रहेको बताए । नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल पछिको वरियतामा उनी थिए ।

उनले भने, ‘नेकपा एकीकृत समाजवादीले परिचय दियो तर पहिचान दिन सकेन । सदैव आफ्नो आफ्नो स्वार्थमा निहीत भएको आभाष भएको मलाई लाग्यो ।’ सांसदहरूलाई पार्टीले ९–९ महिनामा मन्त्री दिने भनेर आश्वासन मात्र दिइएको उनको भनाइ छ ।

नेता न्यौपानेले एमाले र एकीकृत समाजवादीबीच एकता हुनुपर्नेमा जोड दिँदै आएका थिए । यसै विषयमा केही दिनअघि उनलाई पार्टीले स्पष्टीकरणसमेत सोधेको थियो । त्यतिखेरै उनले पार्टी त्याग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्