
काठमाडौं । आइतबार प्रि–ओपन सेसनमा सेयर बजार नेप्से सामान्य अंकले बढेको छ ।
आज नेप्से परिसूचक ०.६८ अंकले वृद्धिभइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाको कारोबार भएको छ ।
यो सेसनमा कुल २ कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।











