Logo
Logo

संविधानको रक्षाका लागि वर्तमान गठबन्धन : जसपा


1.1k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रचार विभाग प्रमख पूर्ण बस्नेतले वर्तमान गठबन्धन संविधानको प्रतिविम्व भएको बताएका छन् । सत्ता साझेदार दलहरुको गठबन्धनबारे सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता लगायतका प्राप्त पछिल्ला राजनीतिक उपलब्धीहरुमा वर्तमान गठबन्धन दल र यी दलका नेताहरुको अहम् भूमिका रहेको छ’ बस्नेतले लेखेका छन्, ‘अन्य दलहरु संविधानका यी व्यवस्थाहरु उल्ट्याउन चाहन्छन् ।’

उनले भनेका छन्, ‘जनताको वलिदानबाट प्राप्त यी उपलब्धीप्रति अनुदार छन् । कतिपय दलहरुको यी व्यवस्था ल्याउनमा कुनै किसिमको राजनीतिक योगदान र भूमिका नभएका कारण उदासीन देखिन्छन् । कतिपय दलहरु संविधानको विरोध गर्न बनाइएका हो ।’

उनले संविधानका मुलभूत विषयहरुमा कुनै सम्झौता नगर्ने दृढता र अठोेटले गठबन्धन जन्माएको बताउँदै संविधानको रक्षार्थ गठबन्धन दलहरु एकतावद्ध भएरै रहे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्