Logo
Logo

कति छ आज विदेशी मुद्राको विनिमय दर ?


693
Shares

काठमाडौं । नेपाल राष्ट्र बैँकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ १०० सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, डलरको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ४७ पैसा र बिक्री दर १४३ रुपैयाँ १३ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ २९ पैसा र बिक्री दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६९ पैसा र बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्