Logo
Logo

चट्याङ लागेर बैतडीमा आमा-छोरा घाइते


378
Shares

धनगढी । बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् ।

आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन् ।

यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार व्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।

चट्याङ लागेर घाईते भएका आमा-छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रक्ता खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्