
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार सरकारबाट बाहिरिएको एमालेले सोमबार आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिएको हो ।
कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कडेलले दलको बैठक बसेर आजैदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए ।
आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघि १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो ।
यस्तै १७ चैत्रमा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो । चुनावी गठबन्धन ब्यूँतिएसँगै प्रदेशमा पनि सोहीअनुसार लागू गर्नुपर्ने भएकाले पार्टी सरकारबाट अलग भएको एमाले नेताहरुको भनाई छ ।











