Logo
Logo

प्रेम सुवालको प्रश्न- सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो ?


378
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको भन्दै प्रश्न उठाएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने बताए ।

पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको सांसद सुवालले सुनाए । ‘सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक भयो ।

मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको छ । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन रु,’ उनको प्रश्न छ ।

प्रतिक्रिया दिनुहोस्