
काठमाडौं । बलात्कार आरोपमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुर बोक्से घर भई हाल झापा मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्ने ४१ वर्षीय चोलाराज भुजेललाई सोमबार राति पक्राउ गरेको हो ।
भुजेलले ती युवतीलाई कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगि गत आइतबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हा । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











