Logo
Logo

चुनावी घरदैलोमा व्यस्त उपेन्द्र, चुनाव जित्नेमा ढुक्क


2.8k
Shares

काठमाडौं । बारा जिल्लाको निर्वाचन क्षेत्र–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उपेन्द्र यादव चुनावी घरदैलोमा व्यस्त छन् ।

उपेन्द्र यादवलाई जिताउन उक्त निर्वाचन क्षेत्रका प्रत्येक टोलमा टोल कमिटि गठन गरिएको छ । बिहानदेखि रातिसम्म हुने घरदैलो, अन्तरक्रिया र चुनावी सभाले उनलाई भ्याइनभ्याइ छ ।

उनले आफू उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि गर्ने कार्यहरुको सूची तयार पार्ने काम पनि गरिरहेका छन् । जनताले व्यक्त गरेका गुनासो, हरेक पालिका, वडा र टोलको आवश्यक्ता अनि जनताहरुको माग टिपोट गरिरहेका छन् ।

मधेस र मधेसी जनताको अधिकारका लागि आफूले आजसम्म गरेका कार्यहरुबारे त्यहाँका जनतालाई बताइरहेका छन् । चुनावी घरदैलोको दौरानमा जनताहरुले व्यक्त गरेको आश्वासन र भरोसाका कारण यादव चुनाव जित्नेमा ढुक्क देखिएको जसपा प्रचार विचाग प्रमुख पूर्ण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्